|

डोटी : डोटीका पत्रकारले नवनिर्वाचित जनप्रतिनिधिलाई कलम उपहार दिएका छन्। नेपाल प्रेस युनियन डोटी शाखाले आयोजना गरेको बधाइ कार्यक्रममा जनप्रतिनिधिलाई कलम उपहार दिइएको हो। 

नेपाली कांग्रेसको तर्फबाट स्थानीय तहमा निर्वाचित भएका प्रमुख, उपप्रमुख लगायत अन्य जनप्रतिनिधिलाई कलम उपहार दिइएको छ। मोफसलको पत्रकारिताको विकासका लागि जनप्रतिनिधिले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने भन्दै कलम उपहार दिएको नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए।

कलम उपहार लिँदै  शिखर नगरपालिकाकी उपप्रमुखमा सुनिता रावलले आफूले लामो समय पत्रकारिता गरेको र र यसको मर्म बुझेका कारण मोफसल पत्रकारिताको विकासका लागि हरदम लागिरहने बताइन्।

कार्यक्रममा नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बिरबहादुर बलायरले जनताका हकहितभन्दा बाहिर गएर काम नगर्न जनप्रतिनिधिलाई निर्देशन दिए। उनले भने, ‘अनियमितता र भ्रष्टाचारलाई शुन्यमा झारेर पारदर्शी रूपमा काम गर्नुहोला।’

डोटीका नौ वटा स्थानीय तहमा नेपाली कांग्रेसले सात वटा स्थानीय तहमा जित हात पारेको छ।  नेकपा एमाले र नेकपा माओवादीले एक–एक स्थानीय तहमा जितेका छन्। नेकपा माओवादीले जितेको पालिकाको उपाध्यक्ष कांग्रेसका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.