|

झापा : शिवसताक्षी नगरपालिकाको प्रमुख तथा उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको छ। एमालेका मेघहाङ थोप्रा नगरपालिकाको प्रमुखमा विजयी भएका हुन्।

उनले १६ हजार ४९८ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पर्शुराम ढुंगाना १३ हजार ५० मत ल्याई पराजित भए।

एमालेकी नरमाया कार्की उपप्रमुखमा विजयी भइन्। उनले १४ हजार १५५ मत प्राप्त गरेकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका महेन्द्र भट्टराईले नौ हजार ५२५ मत प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.