|

काठमाडौंः स्थानीय तह निर्वाचन सम्पन्न भएको दश दिन बित्दा ७ सय ५३ स्थानीय तहमध्ये ७ सय २८ तहको नतिजा आएको छ। बाँकी २३ स्थानीय तहमा भने मतगणना जारी छ भने दुई स्थानीय तहमा मतगणना नै सुरु भएको छैन।

अन्तिम मत परिणाम आउन बाँकी स्थानीय तहमा विराटनगरबाहेक ५ वटा महानगरपालिका छन्। धनुषाको जनकपुरधाम उपमहानगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा मतगणना अन्तिम चरणमा पुगेका छन्। 

रौतहट जिल्लाका ५ स्थानीय तहको परिणाम आउन बाँकी छ। १६ नगरपालिका र २ गाउँपालिका गरी जम्मा १८ स्थानीय तह रहेको रौतहटका गढीमाई, गरुडा, देवाही गोनाही, फतुवा विजयपुर​ र बौधीमाई नगरपालिका गरी जम्मा ५ स्थानीय तहको मत परिणाम आउन बाँकी रहेको छ। 

त्यस्तै रुपन्देहीका तीन स्थानीय तहको मत परिणाम आउन बाँकी छ। सबैभन्दा धेरै नेपाली कांग्रेसले ८ तहको प्रमुखमा जित निकालेको रुपन्देहीका तिलोत्तमा नगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका र कोटहीमाई गाउँपालिका गरी तीन स्थानको नतिजा आउन बाँकी रहेको हो। 

यीबाहेक उदयपुरको कटारी नगरपालिका, झापाको मेचीनगर नगरपालिका, सिरहाको गोलबजार नगरपालिका, बाराको पचरौता नगरपालिका, कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको मतगणना सकिएको छैन। उदयपुरको त्रियुगा र बाजुराको बुढीगंगा नगरपालिकामा भने मतदानकै दिनको विवादका कारण मतगणना सुरु हुन सकेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.