|

काठमाडौं : काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ५० हजार मत कटाएका छन्। 

निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो मतपरिणाम अनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन्। बालेन्द्रलाई पछ्याइरहेका गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले ३० हजार सात सय ७६ मत ल्याएकी छन्। 

तेस्रो स्थानमा झरेका नेकपा एमालेका उम्मेदवार  केशव स्थापितले ३० हजार १५ मत ल्याएर सिंहलाई पछ्याइरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.