|

कञ्चनपुर : भीमदत्त नगरपालिका २ उल्टाखाममा बालिकालाई कुटपिट गरिएको जानकारी प्रहरीलाई गराएपछि आरोपीले झुन्डिएर आत्महत्या गरेका छन्।

बालिका कुटपिटका आरोपी ३३ वर्षीय दिनेश मालीले मंगलबार आफ्नै घरभित्र झुन्डिएर आत्महत्या गरेका हुन्। घरभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका मालीको शवलाई महाकाली प्रादेशिक अस्पताल ल्याइएको छ।

मालीले कुटपिट गरेको भनिएकी ११ वर्षीया बालिका उपचारका लागि धनगढी रिफर गरिएकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहका अनुसार बालिकाको अनुहार, आँखा र नाकमा चोट लागेको छ।

बालिकाको परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरी पुग्दा माली मृत भेटिएका हुन्। बालिकालाई कुटपिट गरिएको जानकारी आएपछि पक्राउका लागि प्रहरी टोली घर पुग्दा माली झुण्डिएको अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक शाहले बताए।

बालिकालाई मालीले किन कुटपिट गरी आत्महत्या गरेको भन्ने बारे भने खुल्न सकेको छैन। प्रहरीले यस बारे अनुसन्धान भैरहेको जनाएको छ। मृतक माली र ती बालिकाका घर परिवार दुबै छिमेकी हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.