|

काठमाडौं : रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ।

गएराति भएको एलिमिनेटरमा नवप्रवेशी टोली लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै बैंगलोरले क्वालिफायरमा स्थान बनाएको हो। बैंगलोरले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो।

लखनउका कप्तान केएल राहुलले ७९ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्।  यस्तै दिपक होडाले ४५ रन जोड्दा मनन भोराले १९ रन जोडे।​ बैंगलोरका जोश हाजलउडले ३ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २ सय ७ रन जोडेको थियो। ​ बैंगलोरका लागि रजत पटीदरले अविजित रहदै १ सय १२ रनको शतकीय इनिङ खेले। दिनेश कार्तिकले अविजित ३७ रन जोड्दा विराट कोहलीले २५ रन बनाए।

अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ। लखनउ भने बाहिरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.