|

काठमाडौं : जापानको योकोहामा एफ मारिनोस पहिलो पटक एफसी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। ​

योकोहामाले दक्षिण कोरियाको उल्सान हुन्डाईलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै युनाइटेड अरब इमिरेट्सको अल ऐनसँगको उपाधि भिडन्त पक्का गरेको हो।

एक साता अघिदेखि सम्पन्न पहिलो लेगमा १–० ले पछि परेको अवस्थाबाट पुरागमन गर्दै दोस्रो लेगमा योकोहामा ३–२ को नतिजा निकाल्न सफल भयो । तर समग्रमा ३–३ को नतिजा निस्किएपछि खेल पानाल्टी सुटआउटमा धकेलिएको हो। खेलको अधिकांस समय १० खेलाडीमा सिमित भएपनि योकोहामा खेललाई टाइब्रेकरसम्म लम्ब्याउन सफल भएको थियो।

योकोहामा अन्तर्राष्ट्रिय रंगशालामा असाही उएनाकाले १३ औं मिनेटमा गोल गर्दै योकोहामालाई सुरुवाती अग्रता दिलाए । त्यसको ८ मिनेट पछि एन्डरसन लोपेजले घरेलु टोलीका लागी दोस्रो गोल थपे । ३० औं मिनेटमा उएनाकाले ब्यक्तिगत दोस्रो गोल गरे । ३५ औं मिनेटमा उल्सानका म्याथ्युस सेल्सले गोल गर्दै दक्षिण कोरियाली टिमलाई खेलमा फर्काउने प्रयास गरे । तर ३९ औं मिनेटमा डिफेन्डर ताकुमी कामिजिमालाई सिधै रातो कार्ड देखाइएपछि योकोहामा १० खेलाडीमा सीमित हुन पुग्यो ।

योकोहामा अब फाइनलमा यूएईको अल ऐनसँग भिड्ने छ। फाइनलका दुबै लेग क्रमशः मे ११ र २५ मा खेलिने छन्। 

अल ऐनले साउदी अरेबियाको अल हिलालविरुद्ध समग्रमा ५–४ गोल अन्तरको जित दर्ता गर्दै फाइनलमा प्रवेश गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.