|

वीरगन्ज : वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। वीरगन्जको पुरानो बसपार्कमा सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको हो।

सो कार्यक्रममा पर्साका मुख्य निर्वाचन अधिकृत तथा पर्सा जिल्ला अदालतका जिल्ला न्यायाधीश धर्मराज पौडेलले महानगर प्रमुख राजेशमान सिंहलाई शपथ ग्रहण गराए। महानगर प्रमुख सिंहले उपप्रमुख इम्तियाज आलमलाई सपथ ग्रहण गराएका छन्।

त्यसै गरी महानगर प्रमुख सिंहले दुई भागमा वडाध्यक्ष र वडा सदस्यहरूलाई पनि सपथ ग्रहण गराए।

नवनिर्वाचित जनप्रतिनिधिहरुले देश जनता र ईश्वरको नाममा सपथ ग्रहण गरेका छन्। कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पनि उपस्थिति रहेको थियाे।

सो कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायत स्थानीय दलका नेता कार्यकर्ता र सर्वसाधारण जनताको समेत सहभागिता रहेको थियाे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.