|

काठमाडौं : आइसिसी पुरूष क्रिकेट विश्वकप लिग-२ को तयारीमा रहेको नेपालले अमेरिकामा आज (बिहीबार) पहिलो अभ्यास खेल खेल्दै छ। नेपालले अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा अमेरिकामा रहेका पूर्व खेलाडीहरूको क्लब नेपाली अल स्टार्ससँग राति ९ः१५ मा प्रतिस्पर्धा गर्न लागेको हो।

नेपालले शनिबार ह्युस्टन हरिकेन्ससँग दोस्रो अभ्यास खेल खेल्नेछ। १० दिनअघि अमेरिका पुगेको नेपालले सिरिजको तयारीका क्रममा २ अभ्यास खेल खेल्न लागेको हो। त्रिकोणात्मक सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ।

सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध ९ जुनमा पहिलो खेल खेल्नेछ। नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध ११ जुनमा खेल्दा, नेपालले तेस्रो खेलमा ओमानसँग १४ जुनमा प्रतिस्पर्धा गर्नेछ। अन्तिम खेलमा नेपाल अमेरिकाविरुद्ध १५ जुनमा प्रतिस्पर्धा गर्नेछ। 

लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ। नेपालले अहिलेसम्म १२ खेल खेलेको छ। जसमा नेपालले ६ जित र ६ खेलमा हार बेहोरेको छ।

नेपाली टोलीः

​सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल

नेपाली अल स्टार्स टोलीः

​पृथु बाँस्कोटा (कप्तान), कोरी एन्डरसन (उपकप्तान), वसन्त रेग्मी, एन्ड्रिज गस, हम्रित सिंह, मोहम्मद इलायस, नितिश कुमार, शड्ली भ्यान शल्कविक, स्मित पटेल, उदय कौल, कनिष्क चौगाईं, गौरभ बजाज, आदिल भाटी, रेहमान डर र विपुल शर्मा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.