|

दोलखा : बैतेश्वर गाउँपालिका वडा नम्बर ७ माझीबस्तीकी एक वृद्धालाई सोमबार दिउँसो अज्ञात मानिसहरूले लुटेका छन्।

दिउँसो करिब साढे १२ बजे घरमा एक्लै बसिरहेकी ९५ वर्षीया असली तामाङ लुटिएकी वडाध्यक्ष मिनकुमार शिवाकोटीले जानकारी दिए। दुई जना अपरिचित व्यक्तिले तामाङले कानमा लगाएको करिब एक तोलाको सुनको रिङ र गलामा लगाएको करिब एक तोलाको सुनको तिलहरी लुटेर लगेका छन्।

कानबाट लुछेर गहना निकालेपछि तामाङको कानमा चोट लागेको छ। सुन लुटेर भाग्दै गरेका उनीहरूलाई तामाङकी नातिनीले देखेपछि स्थानीयले लुटेराको खोजी गरिरहेको र प्रहरीलाई समेत खबर गरिसकेको वडाध्यक्ष शिवाकोटीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.