|

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा देवर–भाउजू मृत फेला परेका छन्।

आलिताल–५ भावरका धनबहादुर विककी पत्नी पशुपति विक र धनबहादुरका सहोदर भाइ गणेश विक एउटै रूखमा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।

आलिताल-३ र ५ को सिमाना रेला पुलनजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा रुखमा प्लास्टिकको डोरीले झुण्डिएको अवस्थामा सोमबार फेला परेको जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले जानकारी दिए।

उनका अनुसार घटनास्थल वडा नं ३ मा पर्छ। घटनाबारे बुझ्न आफू घटनास्थलतर्फ गइरहेको र आलिताल प्रहरी चौकीको टिम घटनास्थलमा पुगिसकेको इन्सपेक्टर बडूले बताए।

जिल्लाबाट प्रहरी नायव उपरीक्षक देवेन्द्र पालको टोली पनि आलिताल आइरहेको बताए। घटनाबारे विस्तृत विवरण अनुसन्धानपछि खुल्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.