‘सामरिक विषयमा शक्ति राष्ट्रको छेउमा जान पनि मिल्दैन’

|

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले  स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)को विषयमा संसदमा कुरा उठेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिनुपर्ने बताएका छन्। 

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘एसपिपीको विषयमा गम्भीर ढंगले उठेको छ। रक्षा मन्त्रालय पनि प्रधानमन्त्रीले नै जिम्मेवारी लिनुभएकाले उहाँले संसदमा आजै आएर त्यसबारेमा जानकारी दिनुपर्छ।’ साथै उनले एसपिपी सम्झौतका कुन सरकारको पालोमा अगाडि बढ्यो अध्ययन  गर्नुपर्ने बताए। 

उनले भने, ‘यो सम्झौता के हो? कहाँबाट आयो? यो १० बुँदा बाहिर आएको एउटा पक्ष यो असत्य हो। सेनाका प्रवक्ता भन्नुहुन्छ त्यसबारे थाहा छैन। २०१९ मै पूर्ववर्ती सरकारको बारेमा प्रस्ताव आएको देखिन्छ। सरकारले संसदलाई जानकारी दिनुपर्छ।’

संसदबाट एमसिसी अनुमोदन गरेजस्तै विकास साझेदारीको विषय अमेरिका चीन सबै शक्ति राष्ट्रहरूसँग लिनुपर्ने बताए।  उनले थपे, ‘तर नेपाली संलग्न हुने कुनै पनि साझेदारी छिमेकी होस् वा शक्ति राष्ट्र होस् नेपाल सहभागी हुन मिल्दैन। सामरिक बिषय जहाँ आउँछ हामी शक्ति राष्ट्रको छेउमा जान पनि मिल्दैन। संविधानले मात्रै होइन हामीलाई इतिहासले पनि दिँदैन।’

नेपाललाई सामरिक स्वार्थमा जोड्न नमिल्ने कुरा कांग्रेसको पनि एकमत रहेको दाबी गरे।  

पछिल्लो समय अमेरिकाले नेपालसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)को विषयमा १० बुँदे सम्झौता गर्न लागेको कुरा बाहिरिएको छ।

भिडियो :

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.