|

काठमाडौं : पछिल्लो दुई साता निरन्तर गिरावट आएको नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ। बिहीबार नेप्से सूचक १२.५७ अंकले बढेर १९७८.९४ बिन्दुमा पुगेको हो।

यस्तै, सेन्सेटिभ इण्डेक्स २.९३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८५ अंकले बढेको छ।

बिहीबार कारोबारमा आएका २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर १ अर्ब १८ करोड ७१ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ। कारोबार रकमभने अघिल्लो दिनको भन्दा कम छ। बुधवार करिब डेढ अर्बको शेयर कारोबार भएको थियो।

बिहीबार नेप्सेका १३ उपसमूहमध्ये लगानी उपसमूहबाहेक १२ उपसमूहको परिसूचक हरियाली भएको छ। जसमा अन्य उपसमूहको सूचक सबैभन्दा धेरै २.५२ प्रतिशतले बढेको छ। यता व्यापार उपसमूहको सूचक १.४८ प्रतिशतले बढेको छ भने बाँकी सबै उपसमूहको सूचक शून्य प्रतिशतभन्दा बढीले बढका छन्।

बिहीबारको कारोबारमा आँधिखोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ।

त्यस्तै रिभर फल्स हाइड्रोपावरको ९.९७ प्रतिशत, सामुदायीक लघुवित्तको ९.९६ प्रतिशत र कालिका लघुवित्तको ७.६९ प्रतिशतले बढेको छ। यता लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ३.८० प्रतिशतले घटेको छ।

राष्ट्र उत्थान लघुवित्तको ३.४१ प्रतिशत र हिमालयन पावर पार्टनरको २.०६ प्रतिशतले घटेको छ।

कारोबार रकमको आधारमा नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा धेरै १३ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। एनसिसी बैंकको १० करोड ३५ लाख, सिभिल बैंकको ४ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.