|

काठमाडौं :  नेपाल एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो। बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो।

त्यसअघि पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ दशमवल १ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो। वर्षाको कारण खेल छोट्याइको थियो। 

समूह ‘बी‘ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ। नेपालले ३ खेलमा ६ अंक जोडेको छ। नेपालले अन्तिम खेलमा भोलि हङकङसँग खेल्नेछ।

आजै भएको अर्को खेलमा  युएईले आयोजक मलेसियालाई ३१ रनले पराजित गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.