|

काठमाडौं : ५ देखि ११ वर्षसम्मका बालबालिकाले बिहीबारदेखि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन्।

असार ९ देखि १५ गतेसम्म बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप अभियान नै सञ्चालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा र साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइने मन्त्रालयले जनाएको छ।

बालबालिकालाई दिन लागिएको फाइजर खोप सुरक्षित रहेको भन्दै मन्त्रालयले नजिकैको विद्यालयमा रहेको खोप केन्द्रमा पुगेर खोप लगाउन अनुरोध गरेको छ।

बिहीबारदेखि प्रदेश १ का झापा, इलाम, मोरङ र सुनसरी, मधेश प्रदेशका सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरीमा खोप अभियान सञ्चालन हुनेछन्। यसैगरी पहिलो चरणको खोप अभियान बागमती प्रदेशका काठमाडौं ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर, गण्डकी प्रदेशका कास्की र नवलपरासी पूर्वमा बालबालिकालाई फाइजर खोप लगाइने छ।

लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत जिल्ला र सुदुरपश्चिम प्रदेशका लागि कैलाली, कञ्चनपुर र डडेल्धुरामा बालबालिकाका लागि पहिलो चरणको खोप अभियान सञ्चालन हुँदैछ।

बाँकी रहेका ५० जिल्लाका बालबालिकालाई दोस्रो चरणमा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने तयारी मन्त्रालयले गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.