|

काठमाडौं : नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा निगममै कार्यरत वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन्। निगमकाे न्यारोबडी विमानका प्रशिक्षक पाइलट समेत रहेका ३५ वर्षीय ज्वारचनलाई अर्को व्यवस्था नभएसम्मका लागि अस्थायी नियुक्ति दिइएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई नियुक्ति गरेका हुन्।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको कार्यकारी प्रमुखको जिम्मेवारी ज्वारचनलाई दिइएको हो।  


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.