|

काठमाडौं :  टेकुस्थित कौसी थिएटरमा यतिवेला नाटक 'ऐया! माया' मञ्चन भइरहेको छ। सुदाम सिकेको परिकल्पना तथा निर्देशनमा बनेको नाटकको मञ्चन गत मंगलबारदेखि सुरु भएको हो।

नाटकमा आफूले देखे सुनेका भावना समेट्न खोजेको र नाटक समाज, राजनीति, व्यवस्था, रीति–कुरीति, दिक्दारी, विभेद अनि बिरामीबाट पनि टाढा नभागेको निर्देशकले जनाएका छन्। 'ऐया! माया'मा शरीर, संगीत र संवादमा नयाँ प्रयोग गरिएको छ। 'ऐया! माया' सिकेको चौथो नाटक हो। यसअघि उनका 'च्यातिएको पर्दा', 'आन्दोलन' र 'पाँच' मञ्चन भएको थियो।

तीन वर्षअघि मञ्चन भएको नाटक 'पाँच' संवादविहीन पहिलो नेपाली नाटक हो। कथा घेराको प्रस्तुती रहेको नाटकमा आकास नेपाली, आयान खड्का, पवित्र राई, मुक्ति, शिशिर सिवाकोटी र सरिता कठायतको अभिनय रहेको छ। त्यस्तै संगीतमा शर्मिला के गुरुङ र शिवराज जोशी छन् भने क्षितिजले प्रकाश परिचालन गरेका छन्।

नाटक असार ३२ गतेसम्म सोमबार र मंगलबार बाहेक हरेक दिन साँझ साढे पाँच बजे मञ्चन हुन्छ भने शनिबार दिउँसो २ बजे एउटा अतिरिक्त शो पनि रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.