|

काठमाडौं : एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल र युएईबीचको खेल फेरि वर्षाले रोकिएको छ। 

आज बिहान पानी परेपछि निर्धारित समयभन्दा केही ढिला सुरु भएको खेल यूएईको इनिङ सकिएलगत्तै पानी पर्न सुरु गरेपछि खेल प्रभावित भएको छ।  फाइनल प्रवेशका लागि नेपालले ८२ रनको  लक्ष्य पाएको छ।

टस हारेर पहिले व्याटिङ गरेको युएईका लागि ​वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन्। यस्तै इसा ओजाले १५ रन बनाउँदा छाया मुगलले १४ रन बनाइन्। यस्तै खुशी शर्माले १२ रन बनाइन। त्यस्तै का नाममा रन रह्यो।

युएईलाई सस्तैमा समेट्न अस्मिना कर्माचार्य चार विकेट लिँदा इन्दु बर्माले तीन  तथा  सीता रानामगरले २ विकेट लिइन्। 

 मलेसियामा भारी वर्षा भएपछि अहिले  नेपालको इनिङ  रोकिएको छ।  यसअघि बहराइनसँग भएको खेलमा पनि वर्षा बाधक हुँदा खेल सात ओभरमा झारिएको थियो। त्यो खेलमा नेपाल विजयी भएको थियो। 

च्याम्पियनसिपको फाइनल भोलि हुनेछ। फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.