|

काठमाडौं : आइतबार देशभर ५३ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार १२० जनामा गरिएको परीक्षणमा ५३ जना संक्रमित भेटिएका हुन्। 

आज २० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ३ सय ३३ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौं उपत्यकामा २ सय १५ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभर ४ जना संक्रमित आइसियू र एकजना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.