|

काठमाडौं : नेपालमा पुनः कोरोना भाइरस संक्रमणबाट संक्रमितको मृत्यु हुन थालेको छ। पछिल्लो २४ घण्टाको विवरण अनुसार लामो समयपछि आज एकजना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

यस्तै आज १३५ जना संक्रमित भेटिएका छन्। यो समयमा गरिएको ३‚०४१ जनाको परीक्षणमा १३५ जना संक्रमित भेटिएका हुन्। आज १८ जना संक्रमित आइसियु र एकजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

यस्तै हाल देशभर १‚४३९ जना सक्रिय संक्रमित रहेका छन्। जसमा काठमाडौंमा ८७२ जना भक्तपुरमा २८ जना र ललितपुरमा ९२ जना रहेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.