|

भक्तपुर : संस्कृति प्रेमी एवं अध्येता डा. वीरेन्द्र प्रसाद कायस्थद्वारा लिखित ‘मल्लकालीन संस्कृति र चाडपर्व’ नामक पुस्तक सार्वजनिक भएको छ। पुस्तकले नेपाली इतिहासमा स्वर्णकालका रुपमा रहेको मल्लकालीन संस्कृति र चाडपर्वबारे जानकारी हाँसिल गर्न सकिने जनाइएको छ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पुस्तक विमोचन गर्दै ज्योतिषशास्त्रलाई विज्ञान र गणितको आँखाबाट हेर्नुपर्नेमा जोड दिए। संस्कार र संस्कृतिमा नदेखिँदा तरिकाबाट भित्रिएका कुसंस्कार र विकृति हटाई वास्तविक तथ्यसम्म पुगी अध्ययन गर्नेका लागि सो पुस्तक कोशेढुङ्गा सावित हुने डा. कन्हैया झाले बताए।

इतिहासविद् तथा संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले नेवाः संस्कृति परापूर्वकालदेखि गणितसम्मत रहेको चर्चा गर्दै मल्लकालीन संस्कृतिलाई हराउन दिने हो भने नेपालको वर्तमान पनि मरितूल्य हुने धारणा व्यक्त गरे।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले डा. कायस्थद्वारा लिखित पुस्तकले आगामी पुस्तालाई नेवाः संस्कृतिका सम्बन्धमा ज्ञान आर्जन गर्न सहायक सिद्ध हुने बताए।

विमोचित उक्त पुस्तक ८६ उपशीर्षकमा विभाजित छ। पुस्तकमा ज्योतिष विज्ञान तथा संस्कृति र चाडपर्वका विविध विषय समावेश गरिएका छन्। नेवार संस्कृतिमा मनाउने विभिन्न चाडपर्व जस्तै दशैँ, तिहारलगायतका विविध संस्कृति र चाडपर्वबारे विस्तृत रुपमा उल्लेख छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.