|

काठमाडौं : बजेटमा करका दर परिवर्तन गरेको र अर्थ मन्त्रालयको सीसीटिभी फुटेज गायब बनाएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय छानबिन समितिको बैठक बस्दैछ। 

आज विहान  ८ बजे बस्ने बैठकमा अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट हेरिने समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

‘नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हिजो फुटेजको फरेन्सिक रिपोर्ट बुझाएको त्यो सिलबन्दी तोडेर समिति सदस्यले आज अध्ययन गर्नुहुनेछ’, सचिव अर्यालले भने। 

नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थमन्त्रालयको सिसिटिभी फुटेज रिकभरसम्बन्धी रिपोर्ट हिजो छानबिन समितिलाई बुझाइसकेको छ।

अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएर बजेटमा करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४ रातिको सीसीटीभी फुटेज भेटेको थिएन।

मन्त्रालयले फुटेज डिलिट भएको जवाफ दिएपछि छानबिन समितिले रिकभरका लागि प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.