|

तनहुँ : जिल्ला सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेंगुको लक्षण भेटिएको छ। अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेंगुका बिरामी भेटिएका हुन् । 

पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेका वेला डेंगुका बिरामी पनि देखिएको दमौली अस्पतालका डा. राजु रानाले जानकारी दिए। उनका अनुसार दमौली अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा पछिल्लो समय ज्वरो, टाइफाइड, निमोनियालगायतका बिरामी अत्यधिक आउने गरेका छन्। 

बिहीबार इमर्जेन्सीमा चार र ओपीडीमा तीन जनामा डेंगुको लक्षण भेटिएको रानाले जानकारी दिए। एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, आँखाको गेडी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने र कमजोरी हुने डेंगुकाङ्गु मुख्य लक्षण हुन्।

रिफर गर्नुअघि बिरामीको दैनिक कीट जाँचका लागि पोखरा वा काठमाडौँस्थित टेकु अस्पतालमा पठाउने गरिएको रानाले बताए। बिरामीको अवस्था गम्भीर देखिए मात्रै अन्यत्र अस्पतालमा रिफर गर्ने गरेको उनले बताए।

लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा साँझमा बाहिर ननिस्कने, शरीर ढाक्नेगरी लुगा लगाउन तथा सुत्ने समयमा झुलको प्रयोग गर्न चिकित्सकको सुझाव छ। झोलिलो र तागतिला खानेकुरा खान पनि चिकित्सकले सुझाव दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.