|

काठमाडौं : स्कुल अफ ब्युटिसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टरको १९ औं वार्षिकोत्सव सम्पन्न भएको छ। ‘स्कुल अफ ब्युटिसियन’को स्थापनाको १९ औं वार्षिकोत्सव भव्यतापूर्वक मनाइएको हो। उक्त ट्रेनिङ सेन्टर, ब्युटिपार्लर काठमाडौंको नक्साल र काभ्रेको बनेपामा रहेका छन्।

राज्यश्री श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेष अतिथिमा वरिष्ठ ब्युटिसियन कमला श्रेष्ठ र मल्टिपल काउन्सिल चेयर पर्सन लायन केशव पाण्डे रहेका थिए। ‘स्कुल अफ ब्युटिसियन’ आइटिसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टरबाट ब्युटिसियन प्रशिक्षण लिएका सयजना ब्युटिसियन विद्यार्थीहरूलाई उक्त कार्यक्रममा सम्बन्धित कोर्स उत्तीर्ण गरेको प्रमाणपत्र प्रदान गरिएको थियो।

वार्षिकोत्सवमा रुस्का श्रेष्ठ वैद्यले १९ वर्षअगाडि स्थापित स्कुल अफ ब्युटिसियनले प्रशिक्षण र ब्युटिसियन दुवै क्षेत्रमा योगदान दिँदै आएको बताइन्। हजारौं नारीलाई सौन्दर्यसम्बन्धी सीप सिकाएर रोजगारसहित आत्मनिर्भर बनाउन पाउँदा खुशी लागेको भनाइ उनले राखिन्। १९ वर्षमा आफूले काठमाडौं र बनेपामा गरी करिब ११ हजारभन्दा बढीलाई प्रशिक्षण दिएर यो पेशामा ल्याएको पनि बताइन्।

डिस्ट्रिक गभर्नर लायन उत्तम झा, अभिनेता प्रशान्त ताम्राकार, पूर्वमिस नेपाल उषा खड्गी‚ वरिष्ठ सौन्दर्यविदहरू सीता पाठक, सोनी कारंजित, सुमित्रा रंजित, रश्मिला श्रेष्ठ, लक्ष्मी महत, रचना शाक्य, रिना अवाले, रेणु शाक्य राना र दिक्पाल कार्की, सञ्चारकर्मी सूर्य चन्द, पत्रकार डब्बु क्षेत्री, महेश केसी, फेशन डिजाइनर काजल शर्मा, सौन्दर्यकर्मी मेनुका सिवाकोटी, कमला लामिछाने, सजना कार्की, सुमी श्रेष्ठ, गायिका ऋतु कँडेल, सिटिइभिटी बागमती प्रदेशका निर्देशक तैलेन्द्र आचार्य, सांग्रिला डेभलपमेन्ट बैंक बालुवाटार शाखा प्रमुख अपूर्व जोशीसहित विभिन्न सौन्दर्यकर्मीले वरिष्ठ सौन्दर्यविद् रुस्कालाई वार्षिकोत्सवको बधाई तथा शुभकामना दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.