भोजपुर : कोरोना भाइरस (कोभिड १९) बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ। गाउँपालिकाले सूचना जारी गर्दै ६ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो।
शिक्षक र विद्यार्थीहरूमा समेत कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ। स्वास्थ्य कार्यालय कार्यालय भोजपुरका अनुसार यहाँ सबैभन्दा धेरै ५५ जनामा कोराना देखिएको छ।
मंगलवारसम्म जिल्लामा ५८ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय जनाएको छ। गाउँपालिकाको निर्णयअनुसार श्रावण २४ गतेबाट आगामी २९ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।