|

काठमाडौं :  सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ।

शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पहिलो हुने निर्वाचित प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा पार्टीका तर्फबाट प्रतिष्पर्धामा उठाउने उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गरेको छ।

बैठकले आगामी निर्वाचनको लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न पार्टीका केन्द्रिय कार्यालयका मुख्य कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको पार्टीका सहमहामन्त्री आङ्दाम्बेले बताए।

उनले आगामी निर्वाचनको प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२(८) (क) (ख) र (ग) बमोजिम तथा प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२(७) (क)(ख)(ग) र (घ) बमोजिमको प्रक्रिया पुर्‍याइ उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रिय कार्यालय मार्फत निर्देश गर्ने बताए।

‘आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गर्ने आगामी मंसिर ४ गते हुने निर्वाचनमा पहिलो हुने निर्वाचित प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा पार्टीका तर्फबाट प्रतिष्पर्धामा उठाउने उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने, आगामी निर्वाचनको

लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न पार्टीका केन्द्रिय कार्यालयका मुख्य कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने', उनले भने, 'आगामी निर्वाचनको प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२(८) (क) (ख) र (ग) बमोजिम तथा प्रदेश सभा सदस्यको प्रत्यक्ष र

समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२(७) (क)(ख)(ग) र (घ) बमोजिमको प्रक्रिया पुर्‍याइ उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रिय कार्यालय मार्फत निर्देश गर्ने।’

सहमहामन्त्री आङ्दाम्बेले बैठकले आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान २०७९ भाद्र २ गतेदेखि गर्ने निर्णय गरिएकोमा उक्त अभियान भदौ १० गतेदेखि भदौ २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.