|

बैतडी : महाकाली नदीमा दुई दिनदेखि  बेपत्ता दुई किशोरी अझै भेटिएका छैनन्।

बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले दशरथ चन्द नगरपालिका– ८ सांगडीका १५ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटाको अवस्था अझै अज्ञात रहेकाे जानकारी दिए। 

उनीहरूको खोजीका लागि महाकाली नदी किनारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। उनीहरू शुक्रबार दिउँसो २ बजे नुहाउने क्रममा महाकाली नदीस्थित मौराबाट बेपत्ता भएका थिए। खबर पाएसँगै उनीहरूको खोजीका लागि साँझ पौने ७ बजे प्रहरी परिचालन भएका थिए।  

‘महाकाली नदी तटीय क्षेत्रको बैतडीसहित डडेलधुरा र कञ्चनपुरका साथै भारतीय सीमा सुरक्षा बललाई पनि खोजी गरिदिन भनेका छौँ’,भारतीले भने, ‘अहिलेसम्म बेपत्ता किशोरीको अवस्था अज्ञात छ।’

दुवै किशोरी राजकीय इन्टरकलेज झुलाघाट भारतमा कक्षा १० मा अध्ययन गर्दै थिए।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.