काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नागरिकता संशोधनसम्बन्धी विधेयकको सूचना जानकारी गराउने कार्यसूची छ।
त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको जानकारी गराउने छन्। बैठकमा सभामुख सापकोटाले अर्थ समितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ का विभिन्न दफालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै अर्थमन्त्री जनार्दन शर्माले “सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले “कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ र “पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक, २०७९ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सभाको सन्देश सहितको “स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधयेक, २०७८ माथिको दफावार छलफल गरी प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने र पारितका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यस्तै राष्ट्रियसभाको सन्देश सहितको “प्रत्यायन विधयेक, २०७८ माथि पनि दफावार छलफल, प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने कार्यसूची छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।