|

काठमाडौं  : चर्को रस्साकस्सीपछि माओवादी केन्द्रले पार्टी पदाधिकारी टुंग्याउने तयारी गरेको छ। अध्यक्षपछि जिम्मेवार पद महासचिवमा नेताहरूको तीव्र आकांक्षाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीमा मिलाउन सकस परिरहेको छ। 

महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनबीच टक्कर परिरहेको बेलामा प्रचण्डले विकल्पको रूपमा देव गुरुङलाई अघि सार्ने तयारी गरेको एक नेताले बताए। अहिलेसम्मको अवस्था नफेरिए प्रचण्डले गुरुङलाई नै महासचिव बनाउने अन्तिम तयारीमा रहेको ती नेताले बताए। 

महासचिवमा गुरुङसहित, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल लगायतले तीव्र आकांक्षा व्यक्त गरिरहेका छन्। शर्मा र पुनलाई उपाध्यक्षमा राखेर गुरुङलाई महासचिव बनाउने प्रचण्डको तयारी छ। गुरुङ पछिल्लो समय पार्टी र गठबन्धनको शीर्ष तहको बैठकमा समेत उपस्थिति जनाउँदै आइरहेका छन्। 

माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष सातजना, महासचिव एकजना, उपमहासचिव दुईजना, सचिव तीनजना र एकजना कोषाध्यक्ष रहने प्रावधान रहेको छ। 

गत वर्ष पुस ११ देखि २५ सम्म महाधिवेशन गरेको भएपनि अझै माओवादीले पदाधिकारी टुंगाउन सकेको छैन। पदाधिकारी छान्न माओवादीले बिहान बोलाएको बैठक दिउँसो ४ बजेको लागि सारेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.