|

काठमाडौ : अवैध संरचना भत्काउन सुरु गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कानुन मिचेर बनेका संरचना हटाएरै छाड्ने बताएका छन्। 

सुन्धारा र न्युरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैं फिल्डमा देखिएका बालेनले साना ठूला कसैलाई पनि कानुन मिच्ने अधिकार नभएका बताए। उनले महानगरले नभई अवैध संरचना निर्माण गरी भाडामा लगाउने घरबेटीले क्षतीपूर्ती दिनुपर्ने बताए। 

डोजर चलाउनुअघि क्षतीपूर्ती माग्न आएकाहरुलाई अनुरोध गर्दै बालेनले भने, ‘अवैध संरचना जसले बनाएको भए पनि कानुनको दायरामा ल्याइन्छ। काठमाडौं जिल्ला अदालतलाई पनि समय दिएका छौं। उहाँहरुको नक्सा पास छैन।’ त्यहाँ पनि हटाउँछौंं ।’

अण्डरग्राउन्ड पार्किङका लागि भनेर बनाइएका घर ता सपिङ मल व्यवसायिक रुपमा भाडामा लगाएको पाइएपछि महानगरले भत्काउन सुरु गरेको छ। अदालतको पनि अण्डरग्राउन्ड पार्किङका लागि प्रयोग गरिएको छैन। 

जसका कारण बबरमहलमा बनाइएको आधुनिक भवन अघि सडक पेटीमै सेवाग्राहीले पार्किङ गर्ने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.