|

काठमाडौं : प्रतिनिधिसभामा दोस्रोपटक पारित भएको नागरिकता विधेयक, २०७९ आइतबारको राष्ट्रियसभामा पनि पेश भएको छ।

आइतबारको बैठकमा विधेयक पेश भएको हो। बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी गराएका थिए। त्यसलगत्तै प्रतिनिधि सभाबाट पारित भएको विधेयक र राष्ट्रपति कार्यालयबाट प्राप्त सन्देशको अध्यक्षको अनुमतिले सचिव राजेन्द्र फुयाँलले पेश गरेका हुन्।

पहिलोपटक दुवै सदनबाट पारित भई साउन १५ गते प्रमाणीकरणका लागि आएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले २९ गते पुनर्विचारका लागि फिर्ता पठाएकी थिइन्। फिर्ता भएको विधेयक पुनर्विचार नै नगरी भदौ २ गते प्रतिनिधिसभामा पारित भएको थियो।

राष्ट्रियसभाबाट पनि पारित भएपछि यसपटक प्रमाणीकरण गर्नैपर्ने बाध्यतामा राष्ट्रपति भण्डारी छिन्। विधेयक दुवै सदनबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण हुने र त्यसपछि विधेयकले कानुनी मान्यता पाउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.