|

काठमाडौं : राफायल नाडालले युएस ओपन टेनिसमा विजयी सुरुआत गरेका छन्।

न्युयोर्कमा आज बिहान सकिएको पहिलो चरणमा अष्ट्रेलियाका रिन्की हिजीकाटालाई हराउँदै नाडालले सुखद सुरुआत गरेका हुन्। विश्व वरीयताको दोस्रो स्थानमा रहेका नाडालले रिन्कीमाथि ४–६,६–२,६–३ र ६–३ को सेटमा जित निकाले।

कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले ४ पटक युएस ओपनको उपाधि जितेका छन्। ३६ वर्षीय नाडालले पछिल्लो पटक २०१९ मा युएस ओपन जितेका थिए।

महिलातर्फ साविक विजेता ईमा राडुकानु पहिलो चरणबाटै बाहिरिएकी छिन्। बेलायती खेलाडी राडुकानुलाई फ्रान्सकी एलीजी कोर्नेटले ६–३ र ६–३ को सेटमा पराजित गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.