|

काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। दिउँसो ३ बजे बस्ने बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गर्ने तयारी छ। तर संसद सचिवालयले सार्वजनिक गरेको संभावित कार्यसूचीमा भने समितिको प्रतिवेदन पेश गर्ने विषय राखिएको छैन। 

समितिका सभापति नारायणदत्त मिश्रले सकभर आजकै बैठकमा प्रतिवेदन पेश गर्ने व्यवस्था मिलाउन आफूले आग्रह गरिरहेको बताए।  राष्ट्रपतिले सन्देससहित फिर्ता पठाएको विधेयक प्रतिनिधिसभाले विना संशोधन पारित गर्दै राष्ट्रियसभामा पठाएको थियो। राष्ट्रियसभाले छलफलका लागि समितिमा पठाए पनि समितिको हिजो बसेको बैठकले विधेयक जस्ताको तस्तै बहुमतबाट पास गरेको थियो। 

समितिमा रहेका एमालेका तीनसहित पाँच सदस्यले फरक मत राखेका छन्। संसद सचिवालयका अनुसार आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सदस्य देवेन्द्र दाहालले समितिको वार्षिक प्रतिवेदन २०७६ र एकीकृत प्रतिवेदन २०७९ पेश गर्ने छन्।  

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ लाई विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको छ। बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पेश हुने संघीय संसद सचिवालयले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.