अघिल्लो सरकारले गरेको सम्झौता कार्यान्वयन गर्ने प्रचण्डको प्रतिबद्धता

|

काठमाडौं : चिनियाँ राजदुत वु चुन्ताईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्ने नयाँ सरकारलाई चीनको पूर्ण साथ र समर्थन रहने बताएका छन् । 

शुक्रबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा भएका भेटका क्रममा राजदूत चुन्ताईले प्रचण्डलाई अग्रिम बधाई दिनुका साथै नेपालको विकासको निम्ति प्रचण्डको नेतृत्वमा बन्ने सरकारलाई चिनियाँ सरकारको पुरा साथ, सहयोग र समर्थन रहने बताएका हुन् । 

भेटका क्रममा राजदुत चुन्ताईले अघिल्लो सरकारले चीनसँग गरेको सहमति र सम्झौता कार्यान्वयनमा प्रचण्ड नेतृत्वको सरकारले जोड दिन आग्रह गरेका थिए । जवाफमा प्रचण्डले अघिल्लो सरकारले गरेको सहमति र सम्झौता आफ्नो पालमा कार्यान्वयन हुने स्पष्ट पारेका थिए । प्रचण्ड सचिवालयका अनुसार प्रचण्डले अहिलेको राजनीतिक घट्नाक्रमबारे प्रष्ट्याउँदै केही दिनभित्र आफ्नो नेतृत्वमा नयाँ सरकार निर्माण हुने विश्वास व्यक्त गरेका थिए ।

उनले आफ्नो नेतृत्वमा अब बन्ने सरकारले संविधान कार्यान्वयन, राजनीतिक स्थीरता एवं शान्ति, पुनर्निमाण र विकासका कामहरुलाई तीव्रताका साथ आगाडी बढाउने स्पष्ट पारेका थिए ।

‘पछिल्लो चरणमा हामी समेत संलग्न रहेको सरकारले चिनियाँ सरकारसँग गरेका सन्धी, सम्झौता र समझदारी आफु गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदै भएका सहमतिकै परिणाम हो, अब बन्ने सरकारले चिनियाँ सरकारसँग भएका सन्धी, सम्झौता र समझदारीलाई कार्यान्वयन गर्दै अझ नयाँ सहमति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ राजदूत चुन्ताईसँग प्रचण्डले भनेका थिए । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.