|
फाइल तस्विर

काठमाडौं : अवैध रूपमा बनाएका संरचनामा डोजर लगाई भत्काएको संरचना महानगर आफैँले हटाउने भएको छ।  महानगरले भत्काएको  सामग्री घर धनीले नहटाइ अलपत्र पारेसँगै आफैँले हटाउन लागेको महानगरपालिकाले जनाएको छ।

पहिलो चरणमा घरधनी आफैँलाई हटाउन निर्देशन दिएका छौँ। महानगरका चर स्थानबाट माइकिङ गरिरहेको छ। पहिलो जिम्मेवारी घरधनीको हो यदि त्यति गर्दा पनि नहटाए महानगरले भत्काउने नगर प्रहरी राजु नाथ पाण्डेले जानकारी दिए। यसअघि भत्काएको संरचना घरधनी आफैँले हटाउने भनिएको थियो। भत्काएको एक हप्तासम्म पनि अलपत्र छोडेकाले आफैँले हटाउन थालेको नगर प्रहरी प्रमुख राजु नाथ पौडेलले जानकारी दिए।

 काठमाडौ. महानगरपालिकाका प्रमुख बालेन साहले दुई साता अघिदेखि अनाधिकृत संरचना हटाउने अभियान थालेको छ। जसका  लागि महानगर क्षेत्रको कोटेश्वर, न्युरोड, नयाँ बसपार्क क्षेत्रमा महानगरले डोजर चलाएर संरचनाहरू भत्काएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.