दुई राप्रपा मिल्दैन, एमालेसँग तालमेल हुन्छ : कमल थापा

|

हेटौँडा : आसन्न निर्वाचनको मिति नजिकिएसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापाले गृहजिल्ला मकवानपुरमा आफ्नो सक्रियता बढाएका छन्।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष थापाले आफ्नो निर्वाचन क्षेत्रमा सक्रियता बढाएका हुन्।

राजेन्द्र लिङ्देनसँग राप्रपाको अधिवेशनमा अध्यक्षमा पराजित भएको केही समयपछि उक्त पार्टी परित्याग गरेका थापा पुनः राप्रपा नेपाल पुनर्गठन गरेर पार्टीको नेतृत्व गरिरहेका छन्।

थापा चुनाव लक्षित कार्यक्रमहरु संचालन गर्न आफ्नो निर्वाचन क्षेत्र मकवानपुर–१ छिरेका छन्। आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको लागि राप्रपा नेपालले मकवानपुर–१ बाट थापाको नाम एकल सिफारिस गरिसकेको छ। अध्यक्ष थापा आगामी निर्वाचनमा सो क्षेत्रबाट जित्ने प्रयत्नका साथ आफ्नो सक्रियता बढाएका हुन्।

यसअघि सोही निर्वाचन क्षेत्रबाट पटकपटक पराजित भएका थापाले आगामी निर्वाचन आफ्नो राजनीतिक जीवनको अन्तिम निर्वाचन भएकोले जिताउन आग्रह गरिरहेका छन्।

निर्वाचन  जित्न एमालेको साथ खोजिरहेका थापाले मकवानपुर–१ मा आफ्नै पूर्व सहकर्मी दीपक सिंहसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ। प्रस्तुत छ यिनै सेरोफेरोमा थाहाकर्मी श्रीजना  नेपालले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग गरेको कुराकानी :

तपाई जीवनको अन्तिम चुनावको तयारी गरिरहनु भएको हो?

चुनाव अन्तिम हुन पनि सक्छ। किनभने म राजनीतिक जीवनको करिब करिब उत्तरार्धमा पुगिसकेको छु। तर, चुनाव अन्तिम भए पनि म जनताको सेवामा सधैँ समर्पित रहनेछु।

राजतन्त्र र गणतन्त्र दुवै कालमा विभिन्न दल नेतृत्वको सरकारमा तपाई धेरैपटक सहभागी हुनुभयो, प्रायः सधै शक्तिमा नै बस्नुभयो। मकवानपुरको लागि के गर्नुभयो?

मकवानपुरको लागि धेरै विकास निर्माणको काम गरेको छु। वास्तवमा अहिले जति पनि बाटो, बिजुली, खानेपानी विद्यालयलगायत विकासहरु भएको छ। ती अधिकांश कुराको शुभारम्भ हामीले नै गरेका थियौँ। पछि त्यसमा थप्दै जाने कामहरु भयो।  यातायात, स्वास्थ्य, बिजुली, खानेपानी लगायतको क्षेत्रमा आज जति पनि विकास भएको छ त्यसको जग हामीले नै खनेको हो।

वास्तवमा हामीले सुरु गरेको बाहेकको नयाँ योजना मकवानपुरमा कार्यान्वयन भएको मैले देखेको छैन। यसबाहेक पछिल्लो कालखण्डमा भएका केही महत्वपूर्ण कामहरु छन्। हेटौंडालाई बागमती प्रदेशको राजधानी बनाउने, धरान चतरा राजमार्ग निर्माण गर्ने, हेटौँडामा दोस्रो ठूलो औद्योगिक क्षेत्रको स्थापना गर्ने, रिङरोड निर्माण गर्ने लगायतको काम पनि हामीले सुरु गरेका हौँ। त्यसका साथै हेटौंडा अस्पतालको  स्तरोन्नति गर्ने काम पनि हामीले नै गरेका हौँ।

यत्रो काम गरे पनि तपाईलाई मकवानपुरका जनताले त पत्याएनन् नि?

मकवानपुरका जनताले मलाई धेरै नै माया गर्नुहुन्छ। मप्रति उहाँहरुको स्नेह धेरै नै छ। तर, राजनीतिमा स्नेह मात्रै भन्दा पनि राजनीतिक दलको विचार र पकडले गर्दा यसअघिको चुनावहरुमा मैले हार्नुपर्‍यो। पटक पटक जनताबाट जितेर गएकाहरुले के गरे? त्यसलाई हेरेर अब भने मकवानपुरको जनताले मतदान गर्दा विवेक प्रयोग गर्नुहुन्छ भन्ने मलाई लाग्दछ।

तपाई सधैं सरकार, सत्ता र सिंहदरबारमा शक्ति जमाएर बसिरहनु भयो। तर, आफ्नो संगठनलाई आफ्नै जिल्लामा पनि बलियो बनाउन सक्नु भएन है?

वास्तवमा राप्रपा नेपाल मैले २०६३ सालमा स्थापना गरेँ। त्यो बेला छोटो समयावधिमा नै देशको चौथो शक्तिको रुपमा स्थापना भयो। कांग्रेस र कम्युनिष्टपछिको त तेस्रो ठूलो पार्टीभन्दा पनि हुन्छ। त्यसैले मैले मेरो नेतृत्वमा पार्टीलाई ठूलो बनाउन नसकेको भन्ने  कुरा त छँदै छैन।

३७ जना सांसद पनि मेरै नेतृत्वमा भएका थिए। त्यो आफैँमा एउटा ठूलो  उपलब्धि  हो। तर,०७३ सालपछि पार्टी ठूलो बनाउने नाममा मबाट केही गल्ती भए। चाहे त्यो पार्टी एकताको कुरा होस्, चाहे प्रचण्डको नेतृत्वको सरकारमा जाने कुरा होस् एकपछि अर्को गर्दै गल्तीको शृंखलाहरु भए। जसको कारणले गर्दा ०७४ सालको निर्वाचनमा हामी नराम्रोसँग पराजित हुनुपर्यो। 

अहिले चुनाव नजिक आइसकेको हुनाले हामी अर्को लोकप्रिय चुनाव चिन्ह तीर बोकेर जनतामा जान्छौँ। तीर पनि असाध्यै लोकप्रिय छ, चिन्न पनि सजिलो छ। यो हाम्रो प्राचीन र पौराणिक मान्यतामा पनि आधारित भएकोले तीर भन्नुस् या काँध, वाण जे भने पनि जनतामाझ लिएर जान कठिन हुँदैन।

राष्ट्रिय राजनीतिमा हाम्रो भूमिका करिब करिब  महत्वहीन जस्तो भयो। अब यही वास्तविकतामा दृष्टिगत गर्दै त्यही विगतको  कमी कमजोरीहरुलाई सच्याउँदै अगाडि बढ्ने मैले  संकल्प गरेको हुँ।

त्यही संकल्पअनुसार हामीले राप्रपा नेपाललाई पुनः जागृत गरेका छौँ। मैले राप्रपा नेपाललाई कांग्रेस र कम्युनिष्टको विकल्पको रुपमा खडा गर्ने सोचेको छु।

नेपालको राष्ट्रिय राजनीतिमा विगत  ७ दशकदेखि बामपन्थी विचारको शक्तिहरुको वर्चस्व रह्यो। तर, नेपाली समाज मूलतः धर्म, सस्ंकृति, परम्परामाप्रति आस्था राख्ने समाज हो।

यो जनताको मनोभावना, जनताको वर्गीय चरित्रलाई प्रतिनीधित्व गर्ने एउटा सम्वर्दनशील पार्टी जसलाई अंग्रेजीमा कन्जरभेटिभ आइडोलोजि बोकेको पार्टी भन्ने गरिन्छ। त्यो पार्टी  नेपालमा थिएन। त्यही राजनीतिको स्पेशमा मैले यो पार्टी खडा गर्न खोजेको हो।

राप्रपामा राजेन्द्र लिङदेनसँग पराजित भएपछि राप्रपा नेपाललाई पुनः वित  गराउनुभयो भन्ने आक्षेप छ नि?

पराजित भएर होइन। महाधिवेशन सकिएको तीन महिनापछि जब मैले मेरो मूलभूत मान्यतामाथि प्रश्न चिन्ह खडा भएको पाएँ। त्यो  मूलभूत मान्यताहरु पार्टीभित्र सुधार हुने सम्भावना देखिएन। मैले ती सस्याहरु निराकरणको निमित्त पार्टीभित्रै बसेर समाधान खोज्ने हरसम्भव प्रयास गरेँ। तर, त्यो सम्भव नभएपछि मैले पार्टी फुटाउँदिन भन्ने कसम खाएको हुनाले म एक्लै पार्टीबाट अलग भएँ।

अलग भएपछि स्वाभाविक रुपमा मैले चुप लागेर बस्ने  कुरा भएन। मेरो आफ्नो मान्यता, आदर्श र विचारलाई लिएर मैले अगाडि बढ्ने निधो गरेँ। छोटो समयमा नै धेरै साथीहरुको सहयोग प्राप्त गरेँ र राप्रपा नेपाल दिनप्रतिदिन एउटा बलियो शक्तिको रुपमा स्थापित हुँदैछ।

राजतन्त्रको मुद्दा र गाई चिन्ह छोडेर निर्वाचनमा होमिदै हुनुहुन्छ। कतिको चुनौती देख्नु भएको ?

राजतन्त्रको सवालमा जनभावना, मुलकको धरातलीय यथार्थ र १५ वर्षको राजनीतिक अभ्यासको परिणाम हो। गाई चिन्ह मबाट जबरजस्ती छुटाइएको हो। राप्रपा नेपालजस्तो पार्टी जसले सनातन धर्म सस्ंकृतिलाई मूल एजेण्डा बनाएको छ।

यसको लागि गाई नै उपयुक्त चुनाव चिन्ह हो। तर,पार्टी ठूलो बनाउने नाममा मलाई धेरै दबाब दिएर गलत  कामहरु गर्न लगाए। त्यसमध्येको एउटा काम यो गाई चिन्ह छुटाउने पनि हो। दुईवटा पार्टी एकता हुँदा गाई चिन्ह थियो। तर, बीचमा पुगेपछि यही हलो चिन्ह नराख्ने भए हामी पार्टी फेरि फुटाउँछौँ भनेपछि मैले बाध्य भएर गाई चिन्ह छोड्नुपर्यो।

राप्रपा नेपाल पुनःजागृत गरिसकेपछि मैले निर्वाचन आयोगबाट गाई चिन्ह लिने प्रयास गरेँ। तर, निर्वाचन आयोगले गैरकानुनी निर्णय गरेर दिन्नँ भन्यो । त्यसपछि म सर्वोच्च अदालत गएँ। सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय कानुनमा आधारित छैन भनेर अन्तरिम आदेश दियो। तर, पछि दुर्भाग्यवश अनेक चलखेल, सेटिङ र दबाबको कारणले गर्दा उच्च अदालतले पनि हाम्रो रिटलाई खारेज गरिदियो र मैले गाई चिन्ह पाइनँ। 

राजतन्त्रको मुद्दामा उहाँहरू पुनरावलोकन गर्न तयार हुनुभयो भने कुनै पनि बेलामा एकता हुनसक्छ। जहाँसम्म चुनावी तालमेलको कुरा छ, स्वाभाविक रूपले चुनावमा जित्नको  लागि आवश्यकताअनुसार  तालमेल  गर्नुपर्ने हुन्छ। एमालेले राजेन्द्र लिङदेनजीको पार्टीसँग पनि एकता गर्‍यो भने म त्यसलाई अन्यथा ठान्दिनँ।

त्यसकारण यो लडाइँ त हाम्रो चलिरहन्छ। अहिले चुनाव नजिक आइसकेको हुनाले हामी अर्को लोकप्रिय चुनाव चिन्ह तीर बोकेर जनतामा जान्छौँ। तीर पनि असाध्यै लोकप्रिय छ, चिन्न पनि सजिलो छ। यो हाम्रो प्राचीन र पौराणिक मान्यतामा पनि आधारित भएकोले तीर भन्नुस् या काँध, वाण जे भने पनि जनतामाझ लिएर जान कठिन हुँदैन।

आगामी निर्वाचनमा होमिन तपाईले एमालेको साथ खोजिरहनु भएको छ। एमालेले  तपाईलाई किन साथ दिने?

अहिले जुन किसिमको देशको अवस्था छ। मुख्य रुपले राष्ट्रियतामाथि नै चुनौती देखिएको छ। राष्ट्रवादी शक्तिहरूलाई कमजोर बनाउने योजनाबद्ध प्रयास भइरहेको छ। यो स्थितिमा राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिनुपर्छ भन्ने मेरो मुख्य मान्यता हो। शान्ति र स्थायित्वको पक्षमा नेकपा एमाले पछिल्लो कालखण्डमा सशक्त ढंगले प्रस्तुत भएको थियो।

त्यसकारणले गर्दा पनि हामिले एमालेसँग सहकार्य गरेर जाने सोचाइ राखेका हौँ। त्यसको निम्ति कुराकानी भइरहेको छ, अन्तिम टुंगो लागेको छैन। मलाई लाग्छ एमालेका साथीहरूलाई जसलाई घेराबन्दी गर्ने प्रयास भइरहेको छ यो वास्तविकतालाई दृष्टिगत गर्दै सबै राष्ट्रवादी शक्तिहरु एकै ठाउँमा हुने वातावरण तयार गर्नुहुन्छ भन्ने  मलाई विश्वास छ।

राप्रपा नेपाल र राप्रपाबीच चाहि चुनावी तालमेल अथवा एकता हुन सक्छ?

अहिले तत्काल दुई राप्रपाबीच एकताको सम्भावना म देख्दिनँ। तर,त्यो असम्भव पनि होइन। राजसंस्थाको मुद्दामा हाम्रो कुरा नमिलेको हो। त्यसैले राजतन्त्रको मुद्दामा उहाँहरू पुनरावलोकन गर्न तयार हुनुभयो भने कुनै पनि बेलामा एकता हुनसक्छ। जहाँसम्म चुनावी तालमेलको कुरा छ, स्वाभाविक रूपले चुनावमा जित्नको  लागि आवश्यकताअनुसार  तालमेल  गर्नुपर्ने हुन्छ। एमालेले राजेन्द्र लिङदेनजीको पार्टीसँग पनि एकता गर्‍यो भने म त्यसलाई अन्यथा ठान्दिनँ।

एमालेलाई साझा तालमेलको शक्तिको रुपमा लिने हो भने हामीले पनि  आपसमा केही सौहार्दता देखाउनुपर्छ। पार्टी एकता नभए पनि शीर्ष नेताहरु उम्मेदवार भएको ठाउँमा एकले अर्कोलाई सहयोग गर्ने अवस्था आउन सक्छ। एमालेसँग सहकार्य गर्ने तर एमालेसँगै सहकार्य गरेको अर्को शक्ति चाहिँ हराउनका निमित्त लाग्ने परिस्थिति निर्माण हुनु हुँदैन।

गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा राप्रपाबाट मेयरको म्मेदवार दीपक सिंहले निकै लोकप्रिय मत पाउनुभयो। तपाईले पार्टी छोडेको बेलामा उहाँले एमालेको लालकिल्लामा एमालेलाई पछाडि पार्दै एक्लै ल्याउनुभएको मतलाई कसरी हेर्नुभएको छ?

वास्तवमा त्यो राप्रपा नेपालकै एउटा पुँजी हो। विगतमा बहुदलीय  व्यवस्था  स्थापना भएपछि मकवानपुरमा पहिलो शक्तिको  रुपमा एमाले र दोस्रो शक्तिको रुपमा राप्रपा नै रहँदै आएको थियो। ०४८ सालको निर्वाचनमा हामी पराजित भए तापनि ४ मत मात्रै  मतान्तर थियो। सुरुदेखि  नै राप्रपा बलियो शक्तिको रूपमा छ। गएको स्थानीय तहको चुनावमा दीपक सिंहले मिहिनेत पनि गर्नुभयो त्यसैले त्यसलाई सकारात्मक रूपमै लिनुपर्छ जस्तो मलाई लाग्छ।

तपाईको सहकर्मी दीप सिंह पनि तपाईकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ। आगामी चुनावमा दुई सहकर्मी प्रतिस्पर्धा गर्ने हो?

दीपक सिंह मेरो भाइ नै हुन्। त्यसकारण मेरोविरुद्वमा दीपक सिंहले उम्मेदवारी दिन्छन् भन्ने मलाई लाग्दैन। हामीहरुबीच निकै लामो आत्मीय सम्बन्ध छ। त्यो आत्मीय सम्बन्धमा निर्वाचनको प्रतिस्पर्धाले असर गर्छ जस्तो मलाई लाग्दैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.