|

काठमाडौं : इरानमा हिजाबको विषयलाई लिएर चर्किएको प्रदर्शन देशका ८० भन्दा बढी सहरमा विस्तार भएको छ।

दुई हप्ताअघि एक युवतीलाई हिजाब नलगाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएकै समयमा हिरासतमा मृत्यु भएपछि महिलाहरु देशव्यापी प्रदर्शनमा छन्।

प्रदर्शनमा पुरुषको पनि सहभागिता बढेको छ। प्रदर्शनका क्रममा भएका झडपमा कम्तीमा ३५ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ। यस्तै ५ जना सुरक्षाकर्मी मारिएका छन्।

प्रदर्शनकारीले देशका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेईविरुद्ध नाराबाजी गरिरहेका छन्। इरानी टेलिभिजनहरुका अनुसार इरानमा यति ठूलो विरोध प्रदर्शन पहिलो पटक भएको हो।

देशभर प्रदर्शन चर्किँदै गएपछि राष्ट्रपति इब्राहिम रईसीले हिरासतमा युवतीको मृत्युको घटना छानबिन गर्न आदेश दिएका छन्। साथै उनले प्रदर्शनकारीमाथि बल प्रयोग गर्नसमेत आदेश दिएका छन्। यद्यपि देशभर जारी प्रदर्शन थप बढ्ने क्रममा रहेको इरानी सञ्चारमाध्यमहरुले जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.