|

काठमाडौं : विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को वरिष्ठ उपाध्यक्षमा हुने भएका छन्। 

नेता मिश्रले वरिष्ठ उपाध्यक्षमा सहमति बनाइसकेपछि भोलि पार्टी प्रवेश कार्यक्रम राखिएको प्रवक्ता मोहन श्रेष्ठले बताए।  राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण पक्षधर समूहबीच बुधबार काठमाडौंमा एकता घोषणा समारोह हुने उनले बताए। 

उनले भने, ‘उहाँलाई राप्रपाको वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ। वरियताबारे अहिले नै टुंगो लागेको छैन। हाम्रो पार्टीमा पनि शीर्ष नेताहरु हुनुहुन्छ। अब एउटै पार्टीमा भएपछि सहमतिमा अघि बढ्छौँ।’

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेजस्तो नतिजा ल्याउन नसकेपछि नेतृत्व छाडेर मिश्रले सोमबार पार्टी परित्याग गरेको घोषणा गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.