|

काठमाडौं : नेपाली मूलकी परिजिता बास्तोलाले अमेरिकामा भइरहेको ‘द भ्वइस’को ब्लाइण्ड अडिसनमा तहल्का मच्चाएकी छिन्।

१७ वर्षकी बास्तोलाले ‘द भ्वइस’को ब्लाइण्ड अडिसनमा सुमधुर स्वरको जादु चलाएकी हुन्। उनी ‘द भ्वइस’मा प्रस्तुति दिने पहिलो नेपाली हुन्।

उनले गाउन सुरु गरेको केही क्षणमा नै चारै जजले बजर दबाएका थिए। उनको गीत पूरा भएपछि सबै जजले सकारात्मक प्रतिक्रिया दिएका थिए। यस क्रममा परिजिताले चारै जजलाई नेपालबाट लगेको रुद्राक्षको माला लगाइदिएकी थिइन्।

झापा निवासी परिजिताको परिवार अहिले अमेरिकाको मेरिल्याण्डमा बसोबास गरिरहेको छ। 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.