|

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन आयोगले प्रधानमन्त्री र मन्त्रीहरुलाई देशव्यापी निर्वाचन प्रचारप्रसारमा हिँड्न अनुमति दिएको छ।

आयोगले आचारसंहिता संशोधन गरेर परिमार्जन गरेपछि अबको चुनावमा प्रधानमन्त्री र मन्त्रीहरुलाई निर्वाध रुपमा प्रचार प्रसारमा जान पाउने भएका हुन्। आज पत्रकार सम्मेलन गर्दै आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले आचारसंहिताको दफा ५ मा प्रधानमन्त्रीदेखि मन्त्रीहरु र संघीय कार्यपालिकाका सबै सदस्यहरु आफू उम्मेदवार भएको ठाउँबाहेक अन्यत्र प्रचारप्रसारमा जान नहुने व्यवस्था परिमार्जन गरेको बताए।

प्रधानमन्त्री र मन्त्रीहरुले चुनाव प्रचार प्रसार गर्न छुट पाउने भएपनि कुनै पनि सरकारी तथा सार्वजनिक स्रोत साधन भने प्रयोग गर्न नपाउनेसमेत बताए।

यस्तै आयोगले आगामी मंसिर चार गते हुने निर्वाचनमा व्यवस्थित रुपमा यातायातका सवारीका साधन चलाउन दिनेसमेत निर्णय गरेको छ। विगतका निर्वाचनहरूमा नाकाबन्दी जस्तो अवस्था हुँदा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुले दुख पाएको भन्दै यातायात चल्न दिने आयुक्त थपलियाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.