|

काठमाडौं : लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट सात जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-३२ जडिबुटीबाट अवैध लागूऔषध गाँजा २ केजी सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने २५ वर्षीया मन्दिरा खड्की र सोही ठाउँ बस्ने काभ्रेपलान्चोक बनेपा घर भएकी २० वर्षीया दीपा मगर रहेका छन्।

उक्त स्थानमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी  प्रक्राउ गरेको हो।

यस्तै,बाँकेको बैजनाथ गाउँपालिका-१ चिसापानीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ३ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष शाही र २२ वर्षीय पदम बुढा रहेका छन्। ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

त्यसैगरी,पाल्पाको तानसेन नगरपालिका-३ भगवती टोल बस्ने १९ वर्षीय परिभेष श्रेष्ठलाई अवैध लागूऔषध गाँजाको धूलो करिब ९ सय ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठले आफ्नो  घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा बोरामा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।

त्यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ जरुवाटोलबाट नियन्त्रित लागूऔषध वनरेक्स एक सय एमएलको १ सय ५८ बोतल सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१ चौकीटोल बस्ने १९ वर्षीय निकेश पुडासैनी र सर्लाही बरहथवा नगरपालिका-१६ बस्ने २६ वर्षीय पप्पु कुमार कुशहवा रहेका छन्।

सर्लाहीबाट आएको बा.१८ च ६६०६ नम्बरको स्कारपियोबाट सामान झार्दै गरेको अवस्थामा प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले सोधपुछ गर्दा गाडीसँगै प्रदेश ३ ०२ ००६ प ८०४१ नम्बरको स्कुटर रोकी बसेका व्यक्ति भागेपछि शंका लागि जाँच गर्दा लुकाई राखेको उक्त लागूऔषध फेला पारी स्कारपियो चालक पप्प कुमार समेत दुवै जनालाई पक्राउ गरेको हो। हाल फरार स्कुटर चालकको प्रहरीले खोजी गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.