|

काठमाडौं : बिहीबार बिहान मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुइ स्थानमा हल्का पानी परेको छ। 

हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले देशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईले बताए। 

उनका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ। दिउँसो पनि प्रदेश १ र बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुइ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ। प्रदेश १, बागमती र गण्डकीका एक दुई स्थानमा रातिसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

तर, ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् भट्टराईले जानकारी दिए। बिहीबार बिहान काठमाडौं उपत्यकाको तापक्रम १८ डिग्री सेल्सियस रहेको छ। जाडोयाम सुरुभएसँगै बिहानपख हल्का चिसो बढ्न थालेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.