|

काठमाडौं : ‘कालो पोथी’का लेखक तथा निर्देशक मीन भामको नयाँ फिल्म ‘चिसो वर्ष’का लागि अभिनेता पक्का भएका छन्। ‘सम्हालिन्छ कहिले मन’बाट नेपाली फिल्ममा डेब्यु गरेका तिब्बती कलाकार सोनम तोप्देन ‘चिसो वर्ष’का लागि चुनिएका हुन्। 

भामले सात वर्षपछि अर्को फिल्म निर्देशन गर्न लागेका हुन्। उनको ‘कालो पोथी’ले देश तथा विदेशका दर्जनौँ महोत्सवमा भाग लिएको थियो भने अवार्ड पनि जित्न सफल भएको थियो। त्यस्तै व्यावसायिक रूपमा पनि फिल्म सफल भएको थियो। 

‘चिसो वर्ष’ले पनि निर्माणपूर्व नै धेरै वटा विदेशी प्रतियोगिताबाट कोष जम्मा गर्न सफल भएको छ। लामो समय पटकथा र प्रिप्रोडक्सनको काम भएको फिल्मको छायांकन आगामी हिउँदबाट गर्ने तयारीमा निर्माण टोली रहेको छ। फिल्म श्रीमान्‌को खोजीमा रहेकी तिब्बती महिलाको कथामा आधारित छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.