|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना चार मन्त्री बर्खास्त गरेपछि जनता समाजवादी पार्टी (जसपा) ले यसको बदला प्रदेशमा लिएको छ। 

देउवाको निर्णय २४ घण्टा नबित्दै मधेश प्रदेश सरकारले कांग्रेसका तीन जना मन्त्रीलाई बर्खास्त गरेको हो। 

‘अहिले कांग्रेसका तीन जना मन्त्रीलाई मात्रै हटाएका छौं’, जसपाका प्रवक्ता मनिष सुमनले भने, ‘माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीबारे तत्काल केही निर्णय भएको छैन।’

मुख्यमन्त्री लालबाबु राउतले भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह र खानेपानी तथा ऊर्जा मन्त्री ओमप्रकाश शर्मालाई बर्खास्त गरेका हुन्। 

सत्ता गठबन्धनमा रहेको जसपाले सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले सरकारबाट मन्त्री हटाएका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.