|

काठमाडौं :  तिहार नजिकिँदै छ। तिहारको लक्ष्मी पूजाका दिन नयाँ अम्रिसोको कुचो पनि राखेर पूजा गर्ने गरिन्छ। भाइटिकाको दिन सोही कुचोमाथि सँघारमा राखेर ओखर फुटाउने परम्परा छ।

त्यसो त यही परम्परागत प्रचलनका लागि व्यवसायीहरूलाई कुचो बनाउन भ्याइनभ्याइ छ। काभ्रे पनौतीका गौरकनाथ कुचो सप्लायर्सका रामप्रसाद बोलाखे अहिले धमाधम कुचो बनाउने काम भइरहेको बताए। उनका अनुसार तिहारका लागि कुचो चाहिन्छ र धेरै यसको व्यापार हुन्छ।

‘कोरोना भन्दा अगाडी राम्रो कुचोको व्यापार थियो,कोरोना पछि भने व्यवसाय खस्कियो,१५ वर्ष भयो यो काम गरेको,नगरौँ बजारमा पैसा फसेको छ,यहीँको लागि पनि गर्नुपर्ने बाध्यता छ’,उनले समस्या सुनाए।

उनले यो व्यावसायमा करिब २ करोड लगानी गरेको बताए। उनका अनुसार कुचो होलसेलमा ६५ रुपैयाँदेखि डेढ सय रुपैयाँसम्म पर्न जान्छ। झाडुको होलसेलमा ५० देखि ७० रुपैयाँसम्म मूल्य कायम गरिएको छ। त्यस्तै,मुढाको जोडीको ८ सय रुपैया पर्छ। नाङलो भने २ सय माथि हेरि हेरि मूल्य पर्ने उनको भनाइ छ। उनले कामदार १५ जना राखेर व्यवसाय चलाएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.