|

काठमाडौं : मलेसियाको निर्वाचन आयोगले आगामी नोभेम्बर –१९ मा निर्वाचनको घोषणा गरेको छ।  आयोगले १४ दिनको प्रचारप्रसारका लागि नोभेम्बर–५ मा उम्मेदवार मनोनयन गर्ने जनाएको छ।

गत असोज २४ गते राजा सुल्तान अब्दुल्लाह अहमद शाहको सहमतिपछि कार्यवाहक प्रधानमन्त्री इस्माइल साबरी याकोबले संसद विघटन गरेका थिए। 

मलेसियामा संसद विघटन भएको ६० दिनभित्र आम निर्वाचन हुनुपर्छ। दुई करोड भन्दा बढी मलेसियालीहरूले नयाँ सरकारको पक्षमा मतदान गर्नेछन्। 

दुई वर्ष भन्दा बढी राजनीतिक उथलपुथलपछि मलेसियामा संसद विघटनको अवस्था आएको थियो।  मलेसियामा  मनसुन सिजन सामान्यतया नोभेम्बरको मध्यमा सुरु हुन्छ। यो सिजनमा चुनाव भएकोले चिन्ता व्यक्त गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.