|

सर्लाही : सर्लाहीमा छठ पूजाको भव्य तयारी गरिएको छ। आइतबार साँझ छठ पूजा गर्न जिल्लाका नहर, पोखरी, नदी लगायतका जलाशय सिँगारी चिटिक्क पारिएको छ।

प्रत्येक बस्तीमा छठको रौनक रहेको स्थानीयले बताएका छन्। सदरमुकाम मलंगवासहित लालबन्दी, हरिवन, बागमती, बरहथवा, ईश्वरपुर, गोडैता, हरिपूर्वा, बलरा लगायत २० वटै पालिकाका जलाशयमा छठ पूजाका लागि सजियाघाट तयार पारिएको छ।

आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य चढाउन व्रतालुले नजिकैको जलाशयमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। सोमबार उदाउँदो सूर्यलाई अर्घ्य चढाएपछि छठ पर्व सकिन्छ।

जिल्लाका प्रत्येक बस्ती छठको गीतले गुञ्जायमान बनेका छन्। परिवारका स–साना सदस्यदेखि सबैजना छठ पूजाको तयारीमा जुटेका छन्।

पछिल्ला वर्षमा जिल्लामा सबै समुदाय मिलेर सामूहिक रूपमा छठ पर्व मनाउने गरेका छन्। जिल्लाको दक्षिणी भेगमा मात्रै मनाइने यो पर्व केही वर्षदेखि भने उत्तरी भेगमा पनि हर्षोल्लासपूर्वक मनाउन थालिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.