|

काठमाडौं : मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनितिक दलहरूले धमाधम आ-आफ्ना घोषणापत्र सार्वजनिक गरिरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका पदाधिकारीहरूले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। सार्वजनिक गरेको चुनावी घोषणापत्रमा स्वास्थ्य क्षेत्रका विषयवस्तुलाई पनि प्राथमिकताका साथ राखेको छ।

राप्रपाले वीर अस्पताल जस्तै पूर्वाधारसम्पन्न अस्पताल सातै प्रदेशमा निर्माण गर्ने, वडा स्वास्थ्य केन्द्रमार्फत हरेक नागरिकको स्वास्थ्य प्रोफाइल राख्ने, जेष्ठ तथा अशक्त नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने लगायतका विषय घोषणापत्रमा समेटेको छ।

यसका साथै किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्ध खोप व्यवस्था गरिने, समयक्रममा स्वास्थ्य उपचार सेवा सबैको लागि निःशुल्क गर्ने र स्वास्थ्य बिमा कार्यक्रमको भुक्तानीमा देखिएको समस्या कडाइपूर्वक नियमन गर्न व्यवस्थापन गर्ने जनाएको छ।

प्रत्येक वडामा सुरक्षित प्रसूति सेवासहित न्यून आय भएका परिवारका सुत्केरीलाई ३ महिनासम्म ३ हजार रूपैयाँ मासिक भत्ता उपलब्ध गराउने पनि आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.