|

काठमाडौं : तिहारपछिको पहिलो कारोबारको दिन नेप्से परिसूचक वृद्धि भएर कारोबार बन्द भएको छ।

तिहारअघि १४ अंकले बढेर बन्द भएको नेप्से तिहारपछिको पहिलो कारोबारको दिन सोमबार १६ अंकले बढेको हो। सोमबार नेप्से परिसूचक १६.३९ अंकले वृद्धि भएर १८७४.८७ बिन्दुमा पुगेको छ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३५ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ०.९१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ प्रतिशतले बढेको छ।

सोमबार कारोबारमा आएका २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्से बढेपनि कारोबार रकम भने बढ्न सकेन।

नेप्सेका १३ उपसमूह मध्ये १२ उपसमूहको सूचक बढेको छ भने एक उपसमूहको सूचक घटेको छ। जसमा होटल तथा पर्यटन उपसमूहको सूचक सबैभन्दा धेरै १.६५ प्रतिशतले बढेको छ भने अन्य उपसमूहको १.५९ प्रतिशत,बैकिङ १.५२ प्रतिशत र व्यापार उपसमूहको १.१४ प्रतिशतले बढेको छ। तर विकास बैंक उपसमूहको परिसूचक भने ०.३९ प्रतिशतले घटेको छ।

नेप्से परिसूचक बढेसँगै सोमवार सोमवार सयपत्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, नेपाल एसबिआई बैंकको मूल्य ८.२४ प्रतिशत बढेको छ भने साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ७.०७ प्रतिशत र एनआईसी एशियाको ६.८० प्रतिशत बढेको छ। तर यता अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ८.१६ प्रतिशत घटेको छ। आज  एनआईसी एशिया बैंकको ६ करोड १७ लाख २१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.