|

काठमाडाैं : आर्टुडियोले समावेशीकरण र समानता विषय केन्द्रित भित्ते कला उत्सव आयोजना गर्ने भएको छ। अमेरिकी दूतावाससँगको सहकार्यमा आयाेजना हुन लागेकाे भित्ते कला उत्सवमा सहभागी हुन नेपाली कलाकारलाई आह्वान पनि गरिएकाे छ। कलाका विभिन्न विधामा अभ्यासरत कलाकारहरूले उक्त उत्सवमा आवेदन दिन पाउने जानकारी प्रेस विज्ञप्तिमार्फत दिइएकाे छ। 

भित्ते कला परियोजना २०२२ नाम दिइएको कार्यक्रमका लागि १८ देखि ४० वर्ष बीचका कलाकारहरू, म्युरलिस्ट, सडकरग्राफिटी कलाकार, लोक परम्परागत कलाकार तथा आदिवासी सृजनात्मक अभ्यासकर्ताले आवेदन दिन पाउनेछन्। यही कात्तिक २७ गतेसम्मको समयसीमा तोकिएको आह्वानपछि दुई चरणमा छनोट भएका कलाकारलाई क्युरेटोरिअल मध्यस्थतामा विभिन्न कलात्मक गतिविधिसहित जनकपुर र काठमाडौंमा भित्ते चित्र सिर्जनामा सहभागी गराइनेछ।

आह्वानमार्फत सहभागी हुने सम्पूर्ण कलाकारका अवधारणा चित्रमध्ये १० विशिष्ट कला अवधारणा छनोट गरिनेछन्। सामाजिक विविधता र पहिचानसहित ऐतिहासिक विरासत बोकेको कला भएकाले भित्ते चित्रकलालाई समसामयिक सन्दर्भमा प्रवर्द्धन गर्न र उत्प्रेरित गर्न यो परियोजनाको परिकल्पना गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ। सामाजिक परिवर्तनका लागि प्रेरित गर्न तथा समावेशीकरण र समानताका प्रमुख मुद्दामा महत्त्वपूर्ण सार्वजनिक संवाद स्थापना गर्न भित्ते चित्रकलाको प्रयोग गर्न लागिएको आयोजकको भनाइ छ।

सांस्कृतिक आदानप्रदान, अनुसन्धान, कार्यशाला, सार्वजनिक प्रवचन र प्रकाशन संयोजन गरेर शहरका भित्ताहरुलाई जीवन्त बनाइने समेत विज्ञप्तिमा उल्लेख छ। आर्टुडियोका संस्थापक कलाकार तथा क्युरेटर कैलाश के श्रेष्ठका अनुसार नेपाली स्थानीय कलाकार र संयुक्त राज्य अमेरिकाका प्रतिष्ठित भित्ते चित्रकारहरूबीच सहकार्य गरिने यो कार्यक्रमले सार्वजनिक थलोको सम्मान, कलाकारहरूबीच सहकार्य, आत्मनिरीक्षण प्रवर्द्धन र आम समुदायलाई सकारात्मकतातर्फ उन्मुख हुन प्रेरित गर्नेछ।

शहरका सार्वजनिक खाली भित्तामा सिर्जना गर्ने र उजाड भित्ताको मुहार पनि फेर्ने गर्ने गरी कार्यक्रमको परिकल्पना गरिएको आर्टुडियोका संस्थापक, कलाकार तथा परियोजना क्युरेटर श्रेष्ठ बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.